१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

विद्युत् प्राधिकरणको सेयर जारी गर्ने तयारी

विद्युत् प्राधिकरणको सेयर जारी गर्ने तयारी
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । प्राधिकरणले यसअघि नै मन्त्रिपरिषद्बाट २५ प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाइसकेको छ ।

प्राधिकरणले सेयर जारी गर्नको लागि अर्थ मन्त्रालयलाई आर्थिक पुनःसंरचनाको प्रस्ताव पठाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणको सञ्चिति नोक्सानलाई शून्यमा झारी सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी छ ।

‘हकप्रद सेयर जारी गर्दै सञ्चित नोक्सानीलाई शून्यमा झारेर सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘एक वर्षभित्रै यो काम गर्ने योजना छ ।’ प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्बमा झरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणको सेयर निष्कासन गर्न र यसको संरचना परिवर्तनका लागि ऐन संशोधनको लागि पनि छलफल सुरु भएको उनले जानकारी दिए ।

प्राधिकरण ऐन २०४१ मै प्राधिकरणले सर्वसाधारणको लागि सेयर जारी गर्न सक्ने व्यवस्था छ । ऐनमा सरकारको अनुमति लिई प्राधिकरणले आफ्नो प्रारम्भिक अधिकृत पुँजी थपघट गर्न सक्ने व्यवस्था छ । ऐनमा प्राधिकरणले निष्कासन गरेको सेयरमध्ये सरकारले खरिद गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ ।

ऐनले प्राधिकरण प्राधिकरण पब्लिक कम्पनी नभएसम्मका लागि जलस्रोतमन्त्री वा सरकारले मनोनीत गरेको व्यक्ति प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था गरेको छ । प्राधिकरण पब्लिक कम्पनी नबनेकाले हालसम्म यो अस्थायी प्रावधानकै आधारमा प्राधिकरणको सञ्चालक समिति गठन भइसकेको छ ।

अहिले विद्युत् प्राधिकरणका अध्यक्ष ऊर्जामन्त्री वर्षमान पुन छन् । प्राधिकरणको वार्षिक प्रगति विवरण सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले प्राधिकरणलाई पब्लिक कम्पनी बनाउनका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

प्राधिकरणले सर्वसाधारणलाई सेयर गरी गरी पब्लिक कम्पनीमा रूपान्तरित भए यसको संरचना परिवर्तन हुने मन्त्रीको भनाइ थियो ।

गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड खुद नाफा गरेको थियो । प्राधिकरणले चुहावटलाई ५ प्रतिशतले घटाएपछि नाफा बढेको हो । तीन वर्षअघिसम्म घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/७४ देखि नाफामा जान थालेको हो । आर्थिक वर्ष ६६/६७ मा प्राधिकरण ६ अर्ब ९७ करोड घाटामा थियो ।

यो बढेर आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड पुगेको थियो । आर्थिक वर्ष ७३/७४ मा डेढ अर्ब नाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको थियो । यो अवधिमा विद्युत् चुहावट पनि उल्लेख्य घटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो तीन वर्षमा विद्युत् चुहावट १० दशमलव ४६ प्रतिशतले घटेको छ । अहिले प्राधिकरणको प्रणालीमा १५ दशमलव ३२ प्रतिशत चुहावट छ । तीन वर्षअघि चुहावट २२ दशमलव ९० प्रतिशत थियो । १० वर्ष अघि प्राधिकरणको प्रणालीमा करिब २९ प्रतिशत चुहावट थियो ।

प्राधिकरणले भर्खरै सेयर निष्कासनका लागि प्रक्रिया सुरु गरेको भए पनि प्राधिकरणअन्तर्गतका कम्पनीहरूले भने सर्वसाधारणका लागि सेयर जारी गरिसकेका छन् । प्राधिकरणअन्तर्गतका माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, चिलिमेजस्ता कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।