२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष बित्न लाग्दा भेटिएनन् पत्रकार तेजु



अ+ अ-

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन सकेको छैन । विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उहाँ सम्पर्कविहीन भएका थिए । बेपत्ता भएदेखि उहाँको निकै खोजी गरिए पनि अहिलेसम्म कुनै खबर पत्ता नलाग्दा परिवार चिन्तित छन् ।

समुद्र सतहदेखि करीव १६ हजार फिट उचाइमा रहेको बूढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको समाचार सङ्कलनका लागि पत्रकार खड्का भदौ ६ गते त्यसतर्फ गएका थिए । उनी सम्पर्कविहीन भएको एक वर्ष पुग्नलाग्दा समेत कुनै अत्तोपत्तोे छैन । बेपत्ता पत्रकार खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी लगातार खटिरहे पनि अहिलेसम्म कुनै खबर नआएकामा परिवार निकै दुःखी भएको उहाँका दाजु जीतबहादुर खड्काले बताए ।

उनले भने, “मेरो भाई हराएको एक वर्ष हुन लाग्यो, कहीँ कसैले पनि पत्ता लगाउन नसक्दा हामी निकै दुःखी भएका छौँ ।” बूढीनन्दाबाट फिर्ता हुनुभएका खड्का बर माग्ने भन्ने ठाउँमा केही सामान छुटेकाले लिन गएकामा अहिलेसम्म सम्पर्कमा नआएका अर्का दाजु विजय खड्काले बताए । उनले भने, “भाइको छोराछोरीले बाबाको खबर केही आयो कि भनेर सोध्नछन्, आफूसँग उत्तर छैन, के भनेर छोराछोरीलाई सम्झाउने ।”

पत्रकार खड्काको खोजीका लागि नेपाल पत्रार महासङ्घले विभिन्न खोजविन टोली बनाए पनि अहिलेसम्म कसैले पनि उहाँको अवस्थाका बारेमा खासै आधिकारिक खबर दिन सकेका छैनन् ।
विसं २०५४ मा कार्यक्रम प्रस्तोताका रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो पेशा शुरु गर्नुभएका खड्काले रेडियो नेपालमा रहँदा समाचार वाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए ।

उनले प्रस्तुत गर्ने कार्यक्रममा ‘देउडा गीतको सेरोफेरो’ र ‘बसिबियालो’ लोकप्रिय थिए । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उहाँले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गरेका थिए । बेपत्ता हुनुपूर्व उनी बाजुराको कोल्टीमा रहेको बूढीनन्दा एफएममा कार्यरत थिए ।