१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

प्रवासीको सहयोगमा एम्बुलेन्स

प्रवासीको सहयोगमा एम्बुलेन्स
अ अ+ अ-

बागलुङ । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ । प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए ।

“लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने । लेखानी घर भएका गैर आवसीय नेपाली सङ्घ (एनआरएनए) का सदस्य थानेश्वर कँडेलको विशेष अगुवाइमा यसका लागि नेदरल्याण्डसमा सहयोग अभियान चलेको थियो । सङ्घमा आबद्धसहित अन्य सहयोगीबाट गरी झण्डै रु ३७ लाख सङ्कलन भएको जनाइएको छ । उक्त रकममध्ये रु २१ लाख शाखालाई प्राप्त भइसकेको उपसभापति आचार्यले बताए ।

“एम्बुलेन्स खरीदमा झण्डै रु ११ लाख खर्च भएको छ, बाँकी रकमबाट रक्तसञ्चार केन्द्रमा उपकरण खरीद र जडानको काम भइरहेको छ”, उनले भने । नेदरल्याण्डसबाट आउन बाँकी रकम पनि रक्तसञ्चार केन्द्रकै स्तर सुधारमा खर्च हुनेछ । नयाँ एम्बुलेन्स आएपछि तीन वर्षदेखि रोकिएको सेवा सञ्चालन हुने भएको छ । शाखामा भएका पुराना एम्बुलेन्स काम नलाग्ने भएपछि थन्किएका थिए ।

आउँदा दिनमा व्यवस्थित र प्रभावकारीरुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने शाखाले जनाएको छ । त्यस्तै अत्याधुनिक उपकरणको जडानले रक्तसञ्चार केन्द्रको सेवा पनि स्तरीय हुने छ । रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका नेपालीले एम्बुलेन्स किन्न गरेको सहयोग अतुलनीय रहेको उपसभापति आचार्यको भनार्इ छ ।