११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टाईम बममाथि छ!



अ+ अ-

काठमाडौं । भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदा हुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका छन् ।

बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

विपद् व्यवस्थापन विज्ञ डाक्टर गंगालाल तुलाधरले भूइँचालोको दृष्टिकोणबाट नेपाल टाईम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए ।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।