५ असार २०८३, शुक्रबार
,
Latest
चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टाईम बममाथि छ!



अ+ अ-

काठमाडौं । भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदा हुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका छन् ।

बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

विपद् व्यवस्थापन विज्ञ डाक्टर गंगालाल तुलाधरले भूइँचालोको दृष्टिकोणबाट नेपाल टाईम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए ।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।




भर्खरै