११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक नेतृत्वमा पुरानै मानसिकता: मुख्यमन्त्री राई



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको भावना र मर्मअनुसार कर्मचारीसँगै राजनीतिक नेतृत्व नबद्लिँदा जनताले अपेक्षा गरे अनुसार संघीयताको रथ चल्न नसकेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) एक नम्बर प्रदेश कमिटीको प्रथम अधिवेशनलाई बिहीबार सदरमुकाम गाइघाटमा सम्बोधनका गर्दै मुख्यमन्त्री राईले राजनीतिक नेतृत्वमा पुरानै मानसिकता रहेको उल्लेख गर्दै ब्यूरोक्रेसीमा त झनै ठूलो समस्या रहेको बताए ।

पुरानै मनस्थितिमा धेरै मानिस चल्न खोजिरहेकाले संवैधानिक अधिकार प्रयोग र अभ्यास गर्न समस्या भइरहेको उनको भनाइ थियो । प्रदेश सरकारले गुन्द्री र पिरा (पिर्का) मा बसेर काम थाल्नु परेको र लगभग आधा बढी समय आवश्यक संरचना खोजी, तयार गर्नमा बितेको भन्दै मुख्यमन्त्री राईले पछिल्लो ५ ७ महिना राम्रोसँग काम गर्न पाएको बताए ।