११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा कायमै



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन बीमा १७.३२, उत्पादन २३.८३ र जीवन बीमा १९.४३ अङ्कले बढेको छ ।

त्यस्तै बैंकिङ २.३३, जलविद्युत् ७.९५, अन्य ६.६८, लघुवित्र ४.०१ र सामूहिक लगानी कोषको शेयर शून्य अङ्कले घटेको छ । कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु पाँच करोड ३७ लाख ८६ हजार २७३, सनराइज बैंक लिमिटेड रु चार करोड ८२ लाख ८२ हजार ७७५, प्रभू बैंकको रु दुई करोड ३७ लाख २१ हजार ८३३, नेपाल इन्भेष्टमेन्ट बैंकको रु दुई करोड ३६ लाख ९५ हजार ३९१ र एनआइसी एसिया बैंकको रु दुई करोड पाँच लाख ९४ हजार ६०२ को कारोबार भएको छ ।

घटेको बजारमा स्टकका अनुसार आज मन्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतले कमाए । त्यस्तै विशाल बजार कम्पनी लिमिटेड ६.०३, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन डिष्टिलरी ३.६३, वेष्ट फाइनान्स कम्पनी ३.१३ र महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए ।

यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका शेयरधनीले ५.६० प्रतिशतले गुमाउँदा युनाइटेड मोदी हाइड्रोपावर ५.३०, पाँचथर पावर कम्पनी ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंक ३.१४ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।