११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्व लाग्ने



अ+ अ-

काठमाडौं । गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्व रुपैयाँ लाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार पत्रकार सम्मेलन गरी क्षतिग्रस्त संरचनाका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिएका हुन् ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि सम्भावित बाढीका बारेमा बर्षाद पूर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सतर्कता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिञ्चाई विभाग अन्तर्गतका कार्यालयबाट आपतकालीन बचावटका कार्य सञ्चालन गरिएकाले अनुमान गरेभन्दा कम क्षति भएको बताए ।

गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीनवटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।

गत असार २७ देखि २९ गतेसम्मको अबिरल वर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराईलगायत मुलुकका विभिन्न स्थानका सिँचाइ आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त भएका छन् ।