१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री पदमुक्त



अ+ अ-

सुर्खेतः कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्रीको निर्णय बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई समेत जानकारी गराइएको बुढाथोकीले बताए । 

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको थियो । मन्त्री खत्रीसहित पाँचजनाले कृषि विकास बैंक भोजपुरको एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र तयार गरी जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका अदालतले ठहर गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।