११ आश्विन २०८१, शुक्रबार
,
Latest
दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचेतकको घरमा पेट्रोल बम प्रहार



अ+ अ-

बुटवल ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ। बिहीबार राति करिब २ बजेतिर रुपन्देही सैनामैना–७ रामापुरमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।

प्रहरीका अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ।

प्रहरीको टोली शुक्रबार बिहान मात्रै घटनास्थल पुगेकाले बम कसले प्रहार गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचाररत छन्। ‘म काठमाडौंमा उपचार गर्दै छु। मलाई घरमै छ भनेर बम हानिएको रहेछ’ सचेतक ढकालले भने।