११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण: लामिछाने र कँडेललाई म्याद थपका लागि अदालतमा लगिदैं



अ+ अ-

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवी लामिछाने र युवराज कँडेललाई म्याद थप गर्नका लागि चितवन जिल्ला अदालतमा पेश गरिने भएको छ ।

बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ परेका लामिछाने र कँडेलको नाम आत्महत्या गर्नु अगाडी भिडियोमा पत्रकार पुडासैनीले उल्लेख गरेकाले आवश्यक छानबिन गर्नेको लागि म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केहि समय पछि उनिहरुलाई अदालतमा पेश गरिने भएको छ ।

लामिछानेसँगै, कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी कडा सुरक्षाकावीच मध्यरात १ बजे चितवन लगिएको थियो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

यता प्रहरी कार्यलय अगाडी बिहानैदेखि लामिछाने र कँडेलका समर्थकहरुले चर्काे नाराबाजी गरिरहेका छन् । उनिहरुले लामिछानेलाई फसाउन चलखेल भन्दै तुरुन्त स–समान सहित रिहाइ गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्। हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।