११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको पानीमा प्लाष्टिको कणहरु



अ+ अ-

के तपाईले प्लाष्टिको कणहरु वर्षाको पानीमा वर्षेको सुन्नु या देख्नुभएको छ? भर्खरै गरिएको एक अनुसन्धानमा यो कुरा साबित हुन आएको छ । युएस मा गरिएको एक अनुसन्धानमा यो कुरालाई साबित गरिएको छ कि अब केहि ठाउहरुमा प्लाष्टिको कणहरुको वर्षा भईरकेको छ ।

यो सर्वे यूएस जियोलोजिकल सर्वे र यूएस इंटीरियर डिपार्टमेंट को वैज्ञानिकहरुले मिलेर गरेका हुन । वैज्ञानिकहरुले यो दृश्यलाई नााङगो आँखाले देख्न नसक्ने तर माईक्रोस्कोप तथा डिजिटल क्यामराको माध्यमले मात्र देख्न सकेको बताउछन् । सर्वेमा ९० फीसदी सैंपल्समा प्लास्टिक को कण पाईएको हो । धेरैजसो प्लास्टिक फाइबर को रूपमा पाईएको हो । यो विभिन्न रङहरुमा पाईएको हो ।

गाँउ ईलाका भन्दा शहरी ईलाकामा प्लाष्टिकको वर्षा भएको पाईएको छ ।
भलै यो प्लाष्टिकको कणहरुको वर्ष कहाँबाट कसरी आएको हो खुलासा भएको छैन । तर विश्वमा प्लाष्टिकको प्रयोगको मात्रा अधिक मात्रामा भएको हुनाले यस्लाई नियन्त्रण गर्न जरुरी देखिन्छ ।

दक्षिणी फ्रान्समा प्लास्टिकको कण वर्षासँगै खसेको देखेका छन् । प्लास्टिकका खरबौं टुक्राहरू महासागरमा तैरन्छन् । अर्को अध्ययनले पत्ता लगायो कि व्यक्तिहरू हरेक हप्ता करिब ५ ग्राम प्लास्टिक खाँदैछन्, जुन क्रेडिट कार्डको वजनसँग बराबर छ।