११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ लाख ८९ हजार घुससहित ४७ जना पक्राउ



अ+ अ-

दोलखा । दोलखा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा मातहतका कार्यालयले साउनमा मात्र गरेको स्टिङ अपरेसनले ५९ लाख ८९ हजार नगदसहित ४७ जनालाई पक्राउ गरेको छ।अख्तियारले साउनमा मात्र देशभर २६ वटा स्टिङ अपरेसन गरेको थियो।

बरामद भएको नगद र पक्राउ परेकाको संख्याको तुलनामा प्रतिव्यक्ति एक लाख २७ हजार रुपैयाँ नगदमा घुस लेनदेन भएको पाइएको छ। पक्राउ परेकामध्ये जनप्रतिनिधिदेखि इन्जिनियरसम्म रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सेवाग्राहीसँग कार्यालय सहयोगीसम्मले घुस लिने गरेको पक्राउ परेकाहरूको तथ्यांकले बताउँछ। शिक्षक, नापीका सर्वेक्षक, प्रहरी, सशस्त्र प्रहरी, प्रशासन तथा मालपोतका कर्मचारी, स्वास्थ्यकर्मी, रेन्जर, अध्यागमन कर्मचारी अख्तियारको नियन्त्रणमा छन्।