१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव
अ अ+ अ-

खार्तुम । अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो ।

सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ सङ्क्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो । खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन् ।

सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गरेका थिए । उनीसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ । सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए, तर उनले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद ९टीएमसी० ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाका बारेमा घोषणा हुनेछ । आगामी सोमबार सम्झौता बमोजिम नयाँ सरकारले सपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद विघटन हुनेछ । प्रधानमन्त्रीको आगामी अगष्ट २० तारिखमा नियुक्त हुने र त्यसको भोलिपल्ट सपथ गर्ने छन् ।

त्यसपछि अगष्ट २८ मा नयाँ सरकारका मन्त्रीहरुको नाम सार्वजनिक गरिनेछ । संविधान बमोजिम गठन हुने सार्वभौम परिषदमा ११ जना सदस्य रहने छ । जसमा पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुनेछन् । मन्त्रिपरिषदमा २० जना हुनेछन् जसमा रक्षा र गृहमन्त्री बाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन् । यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिनेछ ।