११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव



अ+ अ-

खार्तुम । अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो ।

सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ सङ्क्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो । खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन् ।

सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गरेका थिए । उनीसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ । सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए, तर उनले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद ९टीएमसी० ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाका बारेमा घोषणा हुनेछ । आगामी सोमबार सम्झौता बमोजिम नयाँ सरकारले सपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद विघटन हुनेछ । प्रधानमन्त्रीको आगामी अगष्ट २० तारिखमा नियुक्त हुने र त्यसको भोलिपल्ट सपथ गर्ने छन् ।

त्यसपछि अगष्ट २८ मा नयाँ सरकारका मन्त्रीहरुको नाम सार्वजनिक गरिनेछ । संविधान बमोजिम गठन हुने सार्वभौम परिषदमा ११ जना सदस्य रहने छ । जसमा पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुनेछन् । मन्त्रिपरिषदमा २० जना हुनेछन् जसमा रक्षा र गृहमन्त्री बाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन् । यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिनेछ ।