५ असार २०८३, शुक्रबार
,
Latest
सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि प्रा.डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस भएको छ । साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुङ्गो लगाएको हो ।

सिफारिस गरेको नाम हिजै मन्त्रिपरिषद् लाने तयारी भए पनि प्रधानमन्त्रीको अस्वस्थताका कारणले मन्त्रिपरिषद् नबसेपछि नाम सिफारिस हुन सकेन ।आज मन्त्रिपरिषद् बसेको खण्डमा ३ जना प्रा.डा.को नाम सिफारिस गरिने शिक्षा मन्त्रालयको भनाई छ ।

पहिलो आवेदनमा विवाद भए पछि दोस्रो पटक साउन १ गते आवेदन खुलाइएको थियो । दोस्रो पटकको विज्ञापनमा ११ जनाले आवेदन दिएका थिए । प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. जेएन पाण्डेय हिमाली, प्रा.डा. यहुनचन्द्र सिवाकोटी, प्रा.डा. तरुण पौडेल, प्रा.डा. प्रमोदकुमार सर्राफ, प्रा.डा. नीलमणि उपाध्याय र प्रा.डा. पारसकुमार पोखरेलको आवेदन परेको थियो ।

राष्ट्रिय चिकित्साशिक्षा ऐन, २०७५ ले चिकित्साशिक्षा आयोगको कार्यकारी नेतृत्व उपाध्यक्षलाई दिएको छ । ऐनको दफा ५ बमोजिम गठन हुने आयोगमा पूरा समय आयोगको काम गर्ने कार्यकारी प्रमुखका रुपमा उपाध्यक्ष रहने व्यवस्था दफा २२ को उपदफा २ ले गरेको छ । साउन २६ र २७ गते भएको प्रस्तुतीकरण, अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस गरिएको थियो ।




भर्खरै