११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि प्रा.डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी गरी तीन जनाको नाम सिफारिस भएको छ । साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुङ्गो लगाएको हो ।

सिफारिस गरेको नाम हिजै मन्त्रिपरिषद् लाने तयारी भए पनि प्रधानमन्त्रीको अस्वस्थताका कारणले मन्त्रिपरिषद् नबसेपछि नाम सिफारिस हुन सकेन ।आज मन्त्रिपरिषद् बसेको खण्डमा ३ जना प्रा.डा.को नाम सिफारिस गरिने शिक्षा मन्त्रालयको भनाई छ ।

पहिलो आवेदनमा विवाद भए पछि दोस्रो पटक साउन १ गते आवेदन खुलाइएको थियो । दोस्रो पटकको विज्ञापनमा ११ जनाले आवेदन दिएका थिए । प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. जेएन पाण्डेय हिमाली, प्रा.डा. यहुनचन्द्र सिवाकोटी, प्रा.डा. तरुण पौडेल, प्रा.डा. प्रमोदकुमार सर्राफ, प्रा.डा. नीलमणि उपाध्याय र प्रा.डा. पारसकुमार पोखरेलको आवेदन परेको थियो ।

राष्ट्रिय चिकित्साशिक्षा ऐन, २०७५ ले चिकित्साशिक्षा आयोगको कार्यकारी नेतृत्व उपाध्यक्षलाई दिएको छ । ऐनको दफा ५ बमोजिम गठन हुने आयोगमा पूरा समय आयोगको काम गर्ने कार्यकारी प्रमुखका रुपमा उपाध्यक्ष रहने व्यवस्था दफा २२ को उपदफा २ ले गरेको छ । साउन २६ र २७ गते भएको प्रस्तुतीकरण, अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस गरिएको थियो ।