५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अध्ययन गर्न छात्रवृत्ति



अ+ अ-

प्रिटोरिया । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताए ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस छात्रवृत्ति कार्यक्रमले ठूलो मद्दत गर्ने बताए । सन् २००१ देखि प्रारम्भ भएको छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ४०० भन्दा बढी अफ्रिकी विद्यार्थीले लाभ लिइसकेका छन् । पछिल्ला वर्षमा चिनियाँ छात्रवृत्ति बढ्दै गएको छ ।

राजदूत लिने यस वर्ष १५० जनाभन्दा बढी विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा अध्ययनको अवसर दिइन लागेको बताए । हाल, चीनमा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या तीन हजार नाघेको छ । यो संख्या पहिलो पाँच वर्षको भन्दा सातगुणा बढी हो ।