११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका बीच अदालत लगिए लामिछाने



अ+ अ-

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनकाबीच उनीसहित न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।

कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्। हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।