१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका बीच अदालत लगिए लामिछाने

पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका बीच अदालत लगिए  लामिछाने
अ अ+ अ-

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनकाबीच उनीसहित न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।

कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्। हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।