११ आश्विन २०८१, शुक्रबार
,
Latest
मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि सहकारीद्वारा खाद्यान्न प्याकेज सार्वजनिक



अ+ अ-

भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी संस्था, चापा ख्वाल बहुउदेश्ययी सहकारी संस्था लिमिटेडका सदस्यका लागि खाद्य प्याकेज ल्याइएको उक्त लिमिटेडका प्रबन्ध निर्देशक गोकुल बनले जानकारी दिए ।सहकारीका सदस्यले एकमुष्टरूपमा रु १५ हजार बुझाएपछि सहकारीले एक महीनाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सो अनुसार एक सदस्यलाई सोना मन्सुली चामल २० केजी, मासको दाल एक केजी, मुसुरोको दाल एक केजी, सोयाविन तेल डेढ लिटर, नून एक प्याकेट, जिरा, खुर्सानी र बेसार २०० ग्राम प्याकेज स्वरूप उपलब्ध गराइने उनले बताए। सहकारीले दिने खाद्य प्याकेजमा अहिलेको बजार मूल्यअनुसार वार्षिक रु २१ हजार ४५३ पर्ने भए पनि सहकारीले भने आफ्ना सदस्यलाई रु १५ हजारमै उपलब्ध गराउने भएको हो ।

पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक वनले भन्नुभयो, “बजारमा आउने खाद्यान्न तीन पटकसम्म व्यापारीहरुको नाफा पार गरेर मात्रै उपभोक्ताकोमा पुग्ने हुँदा मङ्हगो हुन्छ, हामीले छ महीना बजार सर्वेक्षण गरेर सिधैँ उत्पादकसँग खाद्यान्न ल्याई सदस्यलाई दिँदा वार्षिक बजार मूल्यभन्दा रु छ हजार ४५३ सस्तोमा दिन सक्ने भयौं, त्यसैले यो खाद्य प्याकेज ल्याएका हौं।”

उनले यो प्याकेज स्वेच्छिक भएकाले सबै सदस्यका लागि अनिवार्य नभएको र प्याकेज लिएर बीचमा छाड्न चाहनेलाई बाँकी रकम फिर्ता गरिने बताए । प्याकेजमा गुणस्तरीय खाद्यान्न मात्रै वितरण गरिने जानकारी दिँदै प्रबन्ध निर्देशक वनले यस वर्ष परीक्षणका रुपमा १० हजार सदस्यलाई खाद्यान्न उपलब्ध गराइने लक्ष्य लिइएको जानकारी दिए ।

गुण बचतका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक राजु सुवालले यस वर्ष परीक्षणका रूपमा सञ्चालन गरे पनि आगामी वर्ष चामलदेखि सबै खाद्यान्नहरु कृषि सहकारीले नै उत्पादन गर्ने योजना रहेको बताए । उनले आफ्ना सदस्यलाई भक्तपुरको जगाती, खरिपाटी, वागिश्वरी, सुडाल र दुवाकोटबाट पनि खाद्यान्न वितरण गरिने बताए ।