११ आश्विन २०८१, शुक्रबार
,
Latest
दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल पम्पमा शिलबन्दी



अ+ अ-
A fuel pump nozzle with a drop of petrol. Very high resolution 3D render.

हेटौँडा । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए ।

“नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ”, उनले भने, “पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।” पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकरी गराइएको छ ।

सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले जानकारी दिए । बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महीनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करीब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताए ।

बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जाँच नगराएको उनको भनार्इ छ ।