११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

चितवन । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो ।

अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले लामिछाने र कँडेललाई बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ गरेको थियो ।

लामिछानेसँगै, कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले कडा सुरक्षाकावीच मध्यरात १ बजे चितवन लगिएको थियो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

लामिछाने पक्राउको विरोधमा शुक्रबार प्रहरी कार्यलय अगाडी बिहानैदेखि समर्थकहरुले चर्को नाराबाजी गरिरहेका छन् । उनिहरुले लामिछानेलाई फसाउन चलखेल भन्दै तुरुन्त स–समान सहित रिहाइ गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

यसैबीच शुक्रबार दिउँसो पत्रकार महासंघ न्यूज-२४ प्रतिष्ठानले उक प्रेस विज्ञाप्ती जारी गर्दै कार्यक्रम प्रशारण हुन एक घन्टा २५ मिनेट मात्रै बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिइएको बताएको छ ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्।

हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।