२२ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी



अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताएका छन् । मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा एल साल्भाडोर र होन्डुरसका नेताहरुसँग वार्ता गरिसकेका छन् ।

राष्ट्रपति ओब्राडोरले क्षेत्रीय विकास र मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीका विषयमा मध्य अमेरिकी मुलुकका नेताहरुसँग परामर्श गरिरहेको पनि जानकारी दिए। मेक्सिकोको दक्षिण प्रान्त ओक्सानाको भ्रमणका क्रममा राष्ट्रपति ओब्राडोरले उक्त धारणा राखेका हुन ।

आगामी जनवरीमा सत्ताको बागडोर सम्हाल्न लाग्नुभएका ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति जियामाटीलाई ओब्राडोरले ओक्सानामा भेट्ने कार्यक्रम समेत रहेको छ । “हामी एल साल्भाडोर र होन्डुरसलाई विकासका कार्यहरुमा मद्दत गरिरहेका छौं र ग्वाटेमालालाई पनि सहयोग गर्नेछौं । म ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपतिलाई एक दुई दिनभित्रै भेट्दैछु,” ओब्राडोरले संवाददाताहरुलाई बताए ।

गरिबीको चपेटामा परेका दक्षिणी मेक्सिको र मध्य अमेरिकी राष्ट्रका जनता पछिल्ला वर्षहरुमा अमेरिकातर्फ पलायन हुनेक्रम बढेको छ । राष्ट्रपति ओब्राडोरले भने, “हामीले दक्षिण, दक्षिणपूर्वी मेक्सिको र छिमेकी मुलुकहरुको विकासका लागि गरिबी निवारण कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं ।

जनताले रोजगारी भएको खण्डमा उनीहरु अन्यत्र पलायन हुन पक्कै चाहँदैनन् ।” ग्वाटेमाला र मेक्सिकोबीच झण्डै ९६३ किलोमिटर सीमा छ । ग्वाटेमालाका लागि मेक्सिको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो ।