![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/08/108369062_therocklauren976.jpg)
काठमाडौं । द रक उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग दोस्रो विवाह गरेका छन्।
यो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको जन्सनले आफ्नो इन्स्टाग्राम बताएका छन् ।
सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक द रकलाई हलिउड कलाकारहरूले बधाई दिएका छन्।
समाचारहरूका अनुसार द गेम प्लान फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो।औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन्।