५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो



अ+ अ-

विराटनगर । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४/७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए ।

सडकको दुरावस्था, तीव्र गति, ओभरलोडजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । यस्तै, सवारी कारवाहीबाट गत आर्थिक वर्षमा रु तीन करोड ८४ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ भने आव २०७३/७४ मा रु एक करोड ९९ लाख ६६ हजार र आव २०७४÷७५ मा रु तीन करोड ४१ हजार राजश्व सङ्कलन भएको कार्यालयबाट थाहा भएको छ ।

आव २०७५/७६ मा ६५ हजार १३३, आव २०७३/७४ मा ३३ हजार ८८३ र आव २०७४/७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा परेका छन् ।