काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । शनिबार भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।
साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएको दाबी गर्दै प्रदर्शन गरिएको थियो ।