२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनि आत्महत्या प्रकारण : चितवन प्रशासनले गर्यो यस्तो निर्णय



अ+ अ-

काठमाडौँ । पूर्व सहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

१० दिनअघि गिरफ्तार भएका लामिछानेसहित तीन जना विरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ।

त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ।

त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो।

‘न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

गत साउन २० गते नारायणगढको कंगारु होटलमा काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलमा बरामद गरेको पुडासैनीको मोबाइल फोनमा एउटा भिडियो भेटिएको थियो। उक्त भिडियोमा आफूलाई लामिछाने लगायतका व्यक्तिहरुले आत्महत्या गर्न बाध्य पारेको शालिकरामको सन्देश थियो।

पुडासैनी पहिला लामिछानेले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमकै टिमका सदस्य थिए। केही सयमअघि मात्रै उनी त्यो समूहबाट बाहिरिएका थिए। लामिछाने र उनको टिभी कार्यक्रमका प्रशंसक देशैभर छन्। साउन ३० गते राति काठमाडौंबाट लामिछाने र अन्य दुईजना गिरफ्तार भएका थिए। प्रहरीले त्यसै राति उनीहरुलाई चितवन ल्याएको थियो। साउन ३१ गतेदेखि नै भरतपुरको चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रशंसकहरु भेला भएर लामिछानको रिहाइ माग गर्दै नाराबाजी सुरु गरेका हुन्।

त्यसयता दिनहुँ प्रदर्शन जारी छ। मुद्दा दायर हुने दिन आइतबार प्रदर्शनकारीको संख्या अत्याधिक बढेको थियो। लामिछानेलगायतका विरुद्ध अदालतमा मुद्दा दायर भएर प्रक्रिया सुरु भए पनि उनीहरुले रिहाइको माग गर्दै प्रहरी कार्यालय सामुन्नेको चोकमा लगातार नाराबाजी गरेका थिए। उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।