६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक



अ+ अ-

भिडमा हराएका आमा छोरालाई “नचिनेका मान्छे”

दुखाई, भोगाई शहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सङ्गै जीउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो । यहि मैदान भित्रको एक युवा खेलाडी र आमाको कथा “नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेर गीतमा समावेस गरिएको छ ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पबन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ ।

यस भिडियोमा आमा छोराको माया सदभाब दर्साइएको छ जुन बसको सिटमुनी चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भ¥याङ्गमा बसेकी छन । छोराले आमाको लागी नयाँ चप्पल किनेर ल्याईदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साईज नाप्छ , लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन ।

बसको सिटमुनी चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ । आमा निन्याउरी भएकी छन् । बिस्तारै छोराको कुममा ढल्छिन । हात छोराको काखमा झर्छ र छोरा ब्युझिन्छ । आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ । छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफुले लगाएको भिडियोमा देख्न सकिन्छ ।

यस भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

भिडियो लिङ्क