५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुण २३ गते ‘म यस्तो गीत गाउँछु २’



अ+ अ-

केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट सुरु गरिएको हो । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् ।

निर्देशक सुदर्शन थापा र पूजाकै ब्यानरबाट यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुनेछ ।यसपटक चलचित्रमा नायक पल शाह गायकको भूमिकामा छन् ।

यो चलचित्रमा ५ वटा गीत रहने संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर सुरज आचार्य हुन् ।चलचित्रलाई फागूणको २३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी समेत गरिएको छ ।