२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुण २३ गते ‘म यस्तो गीत गाउँछु २’



अ+ अ-

केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट सुरु गरिएको हो । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् ।

निर्देशक सुदर्शन थापा र पूजाकै ब्यानरबाट यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुनेछ ।यसपटक चलचित्रमा नायक पल शाह गायकको भूमिकामा छन् ।

यो चलचित्रमा ५ वटा गीत रहने संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर सुरज आचार्य हुन् ।चलचित्रलाई फागूणको २३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी समेत गरिएको छ ।