२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अंधाधुन’लाई राष्ट्रिय पुरस्कार, आयुष्मान उत्कृष्ट अभिनेता



अ+ अ-

हिन्दी फिल्म ‘अंधाधुन’ ले भारतको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ। योसँगै उत्कृष्ट फिचर फिल्मको उपाधि गुजराती फिल्म ‘हेल्लोरे’ ले पाएको छ।

उत्कृष्ट अभिनेताको पुरस्कार दुई जनालाई दिइएको छ। ‘अंधाधुनु’कै लागि आयुष्मान खुराना र ‘उरी द सर्जिकल स्ट्राइक’का लागि विक्की कौशलले उत्कृष्ट अभिनेताको उपाधि जितेका हुन्।आदित्य धरद्वारा निर्देशित फिल्म ‘उरी’ले उत्कृष्ट निर्देशनको पुरस्कार पनि पाएको छ।

त्यस्तै तेलेगू फिल्म ‘महानटी’बाट कीर्ति सुरेश उत्कृष्ट अभिनेत्री भएकी छन्।

सहायक अभिनेतातर्फ मराठी फिल्म ‘चुम्बक’का लागि स्वानंद किरकिरेले पुरस्कार पाएका छन्। सुधा सीकरीले हिन्दी फिल्म ‘बधाइ हो’का लागि सहायक अभिनेत्रीको पुरस्कार पाएकी छन्।

उत्कृष्ट संगीत निर्देशनको पुरस्कार ‘पद्मावत’ फिल्मका लागि संजय लीला भन्सालीले जितेका छन्। गायकको पुरस्कार पनि ‘पद्मावत’ कै लागि अरिजीत सिंहले जितेका छन्।