१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अंधाधुन’लाई राष्ट्रिय पुरस्कार, आयुष्मान उत्कृष्ट अभिनेता



अ+ अ-

हिन्दी फिल्म ‘अंधाधुन’ ले भारतको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ। योसँगै उत्कृष्ट फिचर फिल्मको उपाधि गुजराती फिल्म ‘हेल्लोरे’ ले पाएको छ।

उत्कृष्ट अभिनेताको पुरस्कार दुई जनालाई दिइएको छ। ‘अंधाधुनु’कै लागि आयुष्मान खुराना र ‘उरी द सर्जिकल स्ट्राइक’का लागि विक्की कौशलले उत्कृष्ट अभिनेताको उपाधि जितेका हुन्।आदित्य धरद्वारा निर्देशित फिल्म ‘उरी’ले उत्कृष्ट निर्देशनको पुरस्कार पनि पाएको छ।

त्यस्तै तेलेगू फिल्म ‘महानटी’बाट कीर्ति सुरेश उत्कृष्ट अभिनेत्री भएकी छन्।

सहायक अभिनेतातर्फ मराठी फिल्म ‘चुम्बक’का लागि स्वानंद किरकिरेले पुरस्कार पाएका छन्। सुधा सीकरीले हिन्दी फिल्म ‘बधाइ हो’का लागि सहायक अभिनेत्रीको पुरस्कार पाएकी छन्।

उत्कृष्ट संगीत निर्देशनको पुरस्कार ‘पद्मावत’ फिल्मका लागि संजय लीला भन्सालीले जितेका छन्। गायकको पुरस्कार पनि ‘पद्मावत’ कै लागि अरिजीत सिंहले जितेका छन्।