• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चार नाबालक ★   विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला ★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

दोस्रो दिन ‘साहो’को कमाई खस्कियो !



तेलेगु स्टार प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो यतिखेर प्रदर्शनमा रहेको छ । पहिलो दिन बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको साहोले दोस्रो दिन भने ५२ करोडमा सीमित भयो ।

हिन्दी भर्जनले दोस्रो दिन २५.२० करोड रुपैयाँको व्यापार गरेको भारतिय मिडियाले जनाएको छ । हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको फिल्मले अपेक्षा गरे अनुसारको ब्यापार दोस्रो दिन भने गर्न सकेन ।

रिलिज अगावै लगानी समेत उठाइसकेको यस फिल्म आर्थिक रुपमा फाईदामा गए पनि प्रविधिक र चलचित्रको ब्याकरणमा औषत रहेको प्रतिक्रियाहरु आईरहेका छन्। प्रभासको चलचित्र भनेपछि दर्शहरु हलसम्म पुग्ने नै छन त्यसैले आर्थिक रुपमा फाईदा जाने निश्वचित रहेको छ। चलचित्रका अरु बिधा जस्तै ब्याकरण, कथामा केहि समस्या रहेको देख्न सकिन्छ ।

फिल्ममा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ