२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो दिन ‘साहो’को कमाई खस्कियो !



अ+ अ-

तेलेगु स्टार प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो यतिखेर प्रदर्शनमा रहेको छ । पहिलो दिन बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको साहोले दोस्रो दिन भने ५२ करोडमा सीमित भयो ।

हिन्दी भर्जनले दोस्रो दिन २५.२० करोड रुपैयाँको व्यापार गरेको भारतिय मिडियाले जनाएको छ । हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको फिल्मले अपेक्षा गरे अनुसारको ब्यापार दोस्रो दिन भने गर्न सकेन ।

रिलिज अगावै लगानी समेत उठाइसकेको यस फिल्म आर्थिक रुपमा फाईदामा गए पनि प्रविधिक र चलचित्रको ब्याकरणमा औषत रहेको प्रतिक्रियाहरु आईरहेका छन्। प्रभासको चलचित्र भनेपछि दर्शहरु हलसम्म पुग्ने नै छन त्यसैले आर्थिक रुपमा फाईदा जाने निश्वचित रहेको छ। चलचित्रका अरु बिधा जस्तै ब्याकरण, कथामा केहि समस्या रहेको देख्न सकिन्छ ।

फिल्ममा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ