१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग



अ+ अ-

काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिनुभयो । कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ ।

साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।