१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्मेनिया माथि इटलीको सहज जित



अ+ अ-

काठमाडौं । बिहीबार राति भएको खेलमा इटलीले अर्मेनियालाई ३–१ गोल अन्तरले हराएको हो ।एक गोलले पछि परेको इटलीले उत्कृष्ट पुनरागमन गरेको छ र अर्मेनियालाई हराउँदै युरो २०२० को छनोटमा विजयी यात्रा कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा अर्मेनियाले ११ औं मिनेटमा अलेक्जान्ड्रे कारापिसनको गोलबाट अग्रता लिएको थियो । तर इटली खेलमा फर्किन सफल भयो । खेलको २८ औं मिनेटमा आन्द्रेय बेलोटीले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा अर्मेनियालाई अर्को झण्ड्का लाग्यो, जब गोलकर्ता कारापिसन नै दोस्रो पहेँलोसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । इटलीले बाँकी दुई गोल भने खेलको अन्त्यतिर गरेको थियो । ७७ औं मिनेटमा पेलेग्रिनीले गोल गरे भने ८० औं मिनेटमा बेलोटीले जित सुनिश्चित गरेका हुन् ।