६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्मेनिया माथि इटलीको सहज जित



अ+ अ-

काठमाडौं । बिहीबार राति भएको खेलमा इटलीले अर्मेनियालाई ३–१ गोल अन्तरले हराएको हो ।एक गोलले पछि परेको इटलीले उत्कृष्ट पुनरागमन गरेको छ र अर्मेनियालाई हराउँदै युरो २०२० को छनोटमा विजयी यात्रा कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा अर्मेनियाले ११ औं मिनेटमा अलेक्जान्ड्रे कारापिसनको गोलबाट अग्रता लिएको थियो । तर इटली खेलमा फर्किन सफल भयो । खेलको २८ औं मिनेटमा आन्द्रेय बेलोटीले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा अर्मेनियालाई अर्को झण्ड्का लाग्यो, जब गोलकर्ता कारापिसन नै दोस्रो पहेँलोसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । इटलीले बाँकी दुई गोल भने खेलको अन्त्यतिर गरेको थियो । ७७ औं मिनेटमा पेलेग्रिनीले गोल गरे भने ८० औं मिनेटमा बेलोटीले जित सुनिश्चित गरेका हुन् ।