२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह



अ+ अ-

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो । हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि  कसैले ‘डिएनए’ नमूना नदिएको उहॉले बताउनुभयो ।

बाढीले बगाएका शवमध्ये तनहुँ जिल्लाका आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ शव फेला परेका छन् । तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ शव व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन् । बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ । रासस