१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले ‘डेटिङ’ एप ल्यायो, यस्तो छ बिशेषता



अ+ अ-

फेसबुकले ‘डेटिङ’ एप ल्याएको छ। यो एप १८ वर्षभन्दा बढी उमेरकाहरूले मात्र चलाउन सक्नेछन्।

ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा हाल उपलब्ध यो एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले जनाएको छ।

फेसबुकका अनुसार ‘डेटिङ’ साथी खोजिरहेकाहरूका लागि यो एप लक्षित गरिएको हो।यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी सुझाउनेछ।

। यसमा फेसबुकका साथीहरू देखिँदैनन्। तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न सकिनेछ। दुवै जनाले एकअर्कालाई मनपराएको भए, यसको जानकारी दिन नोटिफिकेसन पनि आउनेछ।