१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने

नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने
अ अ+ अ-

काठमाडौं । एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्यसहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि कम्तीमा २० सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ । यो माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने योजनासहित कम्पनीले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको जानकारी दिए। उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ। नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन्।

फोरजी विस्तारको काममध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम करिबकरिब पूरा गरेको छ। टेलिकमको फोरजी विस्तारको काममध्ये रेडियो एक्सेस नेटवर्क (र्‍यान) को जिम्मा भने हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) ले पाएको छ। सीसीएसआईले अर्को चिनियाँ कम्पनी हुवावेसँगको साझेदारीमा र्‍यान विस्तारको काम गरिरहेको छ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले एक वर्षमा देशैभर फोरजी विस्तार सक्ने लक्ष्यका साथ समानान्तर हिसाबले काम भइरहेको जानकारी दिए। ‘कोर, र्‍यान र बिलिङ प्रणालीको काम समानान्तर हिसाबले अघि बढिरहेको छ,’ कान्तिपुरसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘यी कुनैमा समस्या आएनन् भने तोकिएकै समयमा फोरजी विस्तारको काम सकिन्छ।’

हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ। एनसेलका दुई दर्जन बढी सहरमा फोरजी सेवा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार असारसम्ममा टेलिकमका फोरजी सेवा तर्फका ग्राहक ८ लाख पुगेको छ भने एनसेलको सोही सेवाका ग्राहक २९ लाख ३० हजार भन्दा बढी छन्।

टेलिकमले गर्ने फोरजी विस्तारले एकै पटक ६५ लाख उपभोक्ता धान्न सक्छ। फोजी विस्तारका लागि ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ । यो बाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ ।

कोर नेटवर्क विस्तारको काम १ अर्ब ५६ करोड ७३ लाखमा सक्ने गरी जेडटीईले प्रस्ताव हालेको थियो। र्‍यान विस्तारका लागि दुई चरणमा प्रस्ताव माग गरिएको थियो । र्‍यान–१ अन्तर्गत तत्कालीन मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् । त्यस्तै, र्‍यान–२ अन्तर्गत सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र राखिएका छन् ।

र्‍यान १ का लागि ८ अर्ब ७५ करोड २६ लाख र र्‍यान २ का लागि ८ अर्ब ३९ करोड ३१ लाखको प्रस्ताव सीसीएसआईले राखेको टेलिकमले जनाएको छ ।