१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः ‘मोगुल’मा देखिने भए खान



अ+ अ-

यो चलचित्रका निर्देशक सुभाष कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि बलिउड नायक आमिर खानले केही समय अगाडि मात्र आफू चलचित्र ‘मोगुल’मा काम नगर्ने स्पष्ट पारेका थिए । तर, अब नायक आमिर खान चलचित्रमा काम गर्नका लागि तयार भएको बताएका छन् ।

यो चलचित्रले गुलसन कुमारको कथामा आधारित हुनेछ । चलचित्रमा आमिर अब गुलसन कुमारको भूमिकामा देखिने भएका छन् । आमिरले भनेका छन्, ‘गतबर्षको अक्टोबरमा मैले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको थिएँ । अब, म यो चलचित्रमा काम गर्न तयार छु ।’ सुभाषसँग काम गर्दा आमिरको आलोचना पनि हुनसक्छ ।

तर, खानले आफ्नो मनले जे भन्छ त्यही नै गर्ने बताएका छन् । आमिर, यतिबेला चलचित्र ‘लाल सिंह चढ्ढा’को तयारीमा रहेका छन् । उनले अभिनय गरेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा सफल हुन सकेन्