१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय युवा विमानस्थलमा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय भारतको अहमदावाद निवासी जयस पटेललाई प्रहरीले पक्राउ गरेको छ । वृद्धको भेषमा अमेरिका ति व्यक्तिले जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको समाचार एजेन्सीहरुले बताएका हुन् । सेतो कपाल र सेतै दारी-जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।

वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।