१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न सभापति देउवा नक्सालस्थित होटल मेरिना पुगेका थिए ।

भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको भानुले जानकारी दिए ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका छन् ।
देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।