१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत पाइपलाइन संयुक्त रूपमा उदघाटन



अ+ अ-

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् ।

ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा उदघाटन कार्यक्रमका लागि जोडिएका हुन् ।

पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।