२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको साझेदारी आयोजनामा मात्र सीमित छैन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको पनि बताएका छन् ।

आइतबार भिडियो कन्फरेन्समार्फत मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताएका हुन् ।

‘नेपाल र भारतबीचको समझदारी यति गाढा छ कि यसमा कुनै पनि क्षेत्र छुटेका छैनन्’ उनले भने । पछिल्लो समय नेपाल र भारत दुबैमा बलियो र स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको बताएका हुन् ।