१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख रुपैयाँ बराबरको अवैध औषधी बरामद



अ+ अ-

सिरहा । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १५ लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । सिरहा नगरपालिका १७ पर्टेवामा सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर ल्याउँदै गरेको सो औषधी बरामद गरेको हो ।

आईसियू, इमरजेन्सी, शल्यक्रिया (अप्रेशन) लगायत उपचारमा प्रयोग हुने ३८ प्रकारका औषधी भन्सार छलेर ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहाले बताए ।भारतबाट सिरहाको विभिन्न बाटो भई नेपालमा औषधी अवैध रुपमा आयात हुने गरेको छ ।

औषधी बरामद भएपनि तस्करीमा संलग्नलाई सशस्त्र प्रहरीले पक्राउ गर्न भने सकेको छैन । बरामद औषधी जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।