१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले ताजिकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६औं मिनेटमा हेडर गोल गरेकी थिईन् ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । यसअघि नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को भारी गोलअन्तरले पराजित गरेको थियो ।