२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले ताजिकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६औं मिनेटमा हेडर गोल गरेकी थिईन् ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । यसअघि नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को भारी गोलअन्तरले पराजित गरेको थियो ।