३१ श्रावण २०८३, आईतवार
,
Latest
तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने



अ+ अ-

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ ‘टाटा पन्च ईभी’मा दिएको विशेष मूल्य अफर आजदेखि समाप्त हुने जनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा सार्वजनिक गरिएको पन्च ईभीमा ग्राहकले आजसम्म बुकिङ गर्दा १ लाख रुपैयाँको मूल्य लाभ पाउनेछन्।

कम्पनीका अनुसार नयाँ पन्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिभरका लागि विशेष अफरअन्तर्गत ग्राहकले यसलाई ३२ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सक्ने व्यवस्था गरिएको थियो।

आज एक्स्पोको अन्तिम दिन भएकाले विशेष मूल्यमा पन्च ईभी बुकिङ गर्ने अवसर पनि आजसम्म मात्रै रहने सिप्रदी ट्रेडिङले जनाएको छ। भोलिदेखि विशेष अफर समाप्त भई पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

त्यस्तै, एक्स्पोका क्रममा नयाँ पन्च ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

अत्याधुनिक Acti.ev प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणका आधारमा पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

पन्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १.५C DC फास्ट चार्जिङ प्रविधि उपलब्ध छन्।

त्यस्तै, यसमा भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको Harman इन्फोटेनमेन्ट सिस्टम तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस लगायतका सुविधा समावेश गरिएको छ।

सिप्रदीले एक्स्पोको अन्तिम दिनसम्म बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध १ लाख रुपैयाँको विशेष मूल्य लाभलाई नयाँ पन्च ईभी खरिद गर्न चाहने ग्राहकका लागि सीमित अवधिको अवसरका रूपमा प्रस्तुत गरेको छ।