२९ श्रावण २०८३, शुक्रबार
,
Latest
वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनुभयो ।

“आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ । पछि नपाइएलाकी भन्ने चिन्ता र समस्याबाट मुक्त बन्नुहोस् । अनावश्यक सञ्चय पनि नगरौँ”, उहाँले भन्नुभयो ।

यही साउन १ देखि २९ गतेसम्म भारतबाट दुई हजार ७८१ बुलेट ग्यास आयत भएको जानकारी दिँदै प्रवक्ता सुवेदीले दैनिक औसत एक लाख ३२ हजार सिलिण्डर बजारीकरण भइरहेको स्पष्ट पार्नुभयो । नेपाल आयल निगमका अनुसार विगतमा दैनिक एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेको थियो ।

यही साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयत भएको थियो । बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

हाल नियमित रूपमा मासिक ४९ हजार ५०० मेट्रिकटन ग्यास आपूर्ति भइरहेकामा तीन महिनाका लागि ६० हजार मेट्रिकटन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको उहाँको भनाइ छ । —