२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनुभयो ।

“आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ । पछि नपाइएलाकी भन्ने चिन्ता र समस्याबाट मुक्त बन्नुहोस् । अनावश्यक सञ्चय पनि नगरौँ”, उहाँले भन्नुभयो ।

यही साउन १ देखि २९ गतेसम्म भारतबाट दुई हजार ७८१ बुलेट ग्यास आयत भएको जानकारी दिँदै प्रवक्ता सुवेदीले दैनिक औसत एक लाख ३२ हजार सिलिण्डर बजारीकरण भइरहेको स्पष्ट पार्नुभयो । नेपाल आयल निगमका अनुसार विगतमा दैनिक एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेको थियो ।

यही साउन २६ गते मात्रै १३४ बुलेट ग्यास आयत भएको थियो । बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

हाल नियमित रूपमा मासिक ४९ हजार ५०० मेट्रिकटन ग्यास आपूर्ति भइरहेकामा तीन महिनाका लागि ६० हजार मेट्रिकटन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको उहाँको भनाइ छ । —