२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले महँगीका कारण आम सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनेको बताउनु भयो ।

उहाँले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी जनताको मौलिक अधिकार हनन भइरहेको उल्लेख गर्दै कालाबजारिया र माफियाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । सांसद विश्वकर्माले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक र धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

तराईबाट शुरु भई मोरङलगायतका जिल्लामा फैलिएको घटना आकस्मिक नभएको जिकिर गर्दै उहाँले यस्ता गतिविधिले मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताले निर्धक्कसँग चुलो बाल्न सक्ने अवस्था अझै सिर्जना हुन सकेको छैन । कृत्रिम अभाव सिर्जना गर्नेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गर्दै जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउनेतर्फ सरकारले तत्काल कदम चालोस् । धार्मिक आस्था व्यक्तिको निजी विषय हो, यसलाई राजनीतिकरण गरेर समाजमा अराजकता फैलाउने र सामाजिक सद्भाव खल्बलाउने छुट कसैलाई छैन । यसप्रति सरकार सचेत रहन जरुरी छ ।’

धार्मिक अतिवाद र कतिपय धार्मिक अगुवाहरूबाटै साम्प्रदायिक अभिव्यक्ति आउनु दुःखद् भएको बताउँदै उहाँले धर्मलाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन नहुनेमा जोड दिनुभयो ।