११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण

शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले सरकारका पछिल्ला कदमहरूको आलोचना गर्दै जनसरोकारका विषयमा तत्काल सम्बोधन गर्न माग गरेका हुन् । बैठकमा सांसद घनश्याम रिजालले सञ्चार गृह र पत्रकारहरूमाथि सरकारले हस्तक्षेप बढाएको आरोप लगाउँदै वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउनु भयो ।

उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्न र श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटका मनबहादुर विश्वकर्मालाई विनापूर्जी ‘अपहरण शैली’मा पक्राउ गरिएको भन्दै विरोध जनाउनु भयो । पछि उनी रिहा भएको सूचना प्राप्त भएको जानकारी दिँदै सांसद विश्वकर्माले सरकारलाई शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो टुङ्ग्याउन आग्रह गर्नुभयो ।

तनहुँ जलविद्युत आयोजनाका कारण स्थानीयवासीले भोग्नुपरेको समस्याबारे सांसद पदमबहादुर परियारले सदनको ध्यानाकर्षण गराउनु भयो । आयोजनाले सेती नदीको प्राकृतिक बहाव परिवर्तन गर्दा स्थानीयको थातथलो र पेसा संकटमा परेको तथा समुदायबीच द्वन्द्व बढेको भन्दै उहाँले एसियाली विकास बैंक (एडीबी) को ‘कम्प्लायन्स रिभ्यु प्यानल’को प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

यसैगरी, सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं उपत्यकामा अनियन्त्रित रूपमा बढिरहेको घरभाडाको विषय उठाउनु भयो । न्युन तथा मध्यम आय भएका नागरिक, विद्यार्थी र श्रमिकहरू भाडाकै कारण विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उहाँले वैज्ञानिक भाडा दर निर्धारण र नियमनका लागि स्पष्ट नीति र कानून ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बजारमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र इन्धनको मूल्यवृद्धिका विषयमा सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र विष्णुदेवी पुडासैनीले आक्रोश व्यक्त गर्नुभयो । सांसद अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समायोजन नगर्ने तर बढ्दा तत्काल बढाउने प्रवृत्तिले जनता मारमा परेको बताउनु भयो । सांसद पुडासैनीले कवितामार्फत सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै अभाव र महँगीले जनताको भान्छा प्रभावित भएको उल्लेख गर्नुभयो ।

बैठकमा सांसद रुक्मिणी कोईरालाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुनसरीको देवानगञ्जमा भएको धार्मिक दङ्गा र हत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । सांसद रेणु चन्दले कञ्चनपुरका आरक्ष पीडितहरूको समस्या दुई दशक बितिसक्दा पनि समाधान हुन नसकेको भन्दै ३१ वटा आयोग बने पनि पीडितले न्याय नपाएको गुनासो गर्नुभयो ।