२८ श्रावण २०८३, बिहीबार
,
Latest
चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा



अ+ अ-

भक्तपुर । भुमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन्।




भर्खरै